+
+

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:०३

८ मंसिर, पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जित निकाल्दै नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ ।  एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका पदम गिरी, प्रदेशसभा (१) मा भक्त कुँवर र प्रदेशसभा (२) मा मित्रलाल बस्याल विजयी भएका छन् ।

गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । गिरीले जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पराजित गरेका हुन् । गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत ल्याए ।

प्रदेशसभा (१) मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका सुदीप कुँवरलाई पराजित गरेका हुन् । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा माओवादीका सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा नेकपा एमालेका बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा तिवारीले १२ हजार २ सय १० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?