+
+

चुनाव जितेपछि रेखाले भनिन्– इमान र निष्ठाका साथ काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ११:३६

८ मंसिर, घोराही । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन् । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘आम जनसमुदायका र मतदाताका जुन गुनासा हामीप्रति छन्, ती गुनासा सम्बोधन गर्ने गरी इमानका साथ काम गर्छु । निष्ठाका साथ काम गर्छु । त्यसरी काम गर्दा पूरा गर्न सकिन्छ भन्ने लाग्छ । पूरा नहुने कुराहरु इमानका साथ भन्छु जनताका बीचमा ।’

उनले आफ्नो जितलाई प्रतिगमनविरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको रुपमा टिप्पणी समेत गरिन् । यसबाट अत्यन्त खुसी लागेको उनले बताइन् । शर्माले भनिन्, ‘निर्वाचनको सुरुदेखि नै प्रतिगमनको विरुद्ध, लोकतन्त्र–गणतन्त्रको रक्षाका लागि भनेर र समग्र दाङको समृद्धिको लागि भनेर जुन एजेण्डा प्रस्तुत गरेका थियौं, त्यसलाई जनताले अनुमोदन गरेका छन् । अत्यन्त खुसी छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?