+
+

रौतहटबाट प्रदेशसभामा कांग्रेसका कृष्णप्रसाद यादव विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १२:०६

८ मंसिर, जनकपुर । रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव विजयी भएका हुन् । यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

कांग्रेस मधेश प्रदेश सभापति समेत रहका यादवले १२ हजार ४ सय ८९ मत पाउँदा चौधरीले ११ हजार ४ सय मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?