+
+

मेयरमा नपत्याएका जैद राजालाई जनताले बनाए सांसद

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १५:५४

८ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार जैद आलम निर्वाचित भएका छन् ।

२५ वर्षीय जैद आलम यस अघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए । राजपुर नगरपालिकाको मेयर पदको चुनावमा पराजित भएका जैद अहिले प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन् ।

जैदले १३ हजार ५ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६ हजार ८ सय ७२ मत प्राप्त गरे । ६ हजार ६ सय ६० मतान्तरले विजयी भएका जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन् ।

जित पछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस क्षेत्रको समृद्धि र आमूल परिवर्तनका लागी काम गर्ने बताए । ‘यस क्षेत्रमा विकासका धेरै काम गर्नु पर्ने छ । विकासको मामलामा यो क्षेत्र धेरै पछाडि छ,’ जैदले भने, ‘युवा जोसका साथ राजनितिमा आएको छु । बुवाका धेरै सपना थिए यस क्षेत्रका लागि जुन म पुरा गर्न आजैदेखि लाग्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?