+
+

तेह्रथुममा पुन: एमालेका विजय सुब्बाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ७:५३

९ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभाको जारी मतगणनामा फेरि नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन् ।

म्याङलुङ नगरपालिकाको मत गणना हुँदा सुब्बाले नेपाली कांग्रेसकी सीता गुरुङलाई ५३९ मतले पछि पारेका हुन् ।

निर्वाचन कार्यालयको तथ्याङ अनुसार सुब्बाले १० हजार ६६३ मत प्राप्त गर्दा गुरुङले १० हजार १२४ मत पाएकी छन् ।

७१ हजार ९३३ मतदाता रहेका जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?