+
+

रिचार्लिसनको दुई गोलमा ब्राजिलको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ८:१२

९ मंसिर, काठमाडौं । रिचार्लिसनले दुई गोल गरेपछि उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको छ ।

समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा सरब्याले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा रिचार्लिसन चम्किए । उनले ६२औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे जुन आफैँमा उत्कृष्ट थियो । भिनिसियस जुनियरको पासमा पेनाल्टी बक्समा रहेका रिचार्लिसन त्यसलाई कन्ट्रोल गर्दै बाइसाइकल किकमार्फत गोल गरे ।

LUSAIL CITY, QATAR – NOVEMBER 24: Richarlison of Brazil scores his team’s second goal during the FIFA World Cup Qatar 2022 Group G match between Brazil and Serbia at Lusail Stadium on November 24, 2022 in Lusail City, Qatar. (Photo by Markus Gilliar – GES Sportfoto/Getty Images)

टोटनहमका फरवार्ड रिचार्लिसनले आर्सनलका गाब्रीएल जेसस र रियल मड्रिडका रोड्रिगोलाई पछि पार्दै पहिलो रोजाईँमा खेलेका थिए र आफूलाई प्रमाणित समेत गरे ।

जितपछि ब्राजिल ३ अंक जोड्दै समूह जी को शीर्ष स्थानमा छ । सर्बिया अंकविहीन छ । यसै समूहको अर्को खेलमा क्यामरुनलाई हराएको स्वीट्जरल्याण्डको पनि ३ अंक नै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?