+
+

सरकारले निश्चित उद्योगलाई ब्याजदरमा अनुदान दिनुपर्छ : शेखर गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १२:०६
फाइल तस्वीर

९ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निश्चित उद्योगहरुलाई ब्याजदरमा अनुदान दिनुपर्ने बताएका छन् ।

नवौं उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गोल्छाले नेपालमा मूल्य अभिबृद्धि हुने, धेरै रोजगारी सिर्जना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्ने बताए ।

वर्तमानको आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको भन्दै उनले त्यसको चपेटामा उद्योग झनै परेको बताए ।

‘वाणिज्य बैंकहरु नाफा कमाउने उद्देश्यकै हुने हुन् । ब्याजदरको अस्थिर अवस्थामा बैंकलाई भन्दा पनि उद्योग बचाउन सरकारले ब्याजमा अनुदान दिनुपर्छ,’ गोल्छाले भने, ‘उद्योग बचाउन सरकारले काम नगरे अवस्था भयावह छ ।’

अर्थतन्त्रमा देखिएको समस्या समाधानमा गलत उपचार गरिंदा राजस्व घटेर सरकार साधारण खर्च सञ्चालन गर्न पनि नसकिने अवस्थामा पुगेको र निजी क्षेत्रको मनोबल पनि निकै खस्किएको गोल्छाले बताए । अर्थतन्त्रको समस्या कम गर्दै लैजान उद्योग चल्ने वातावरण बनाउनुपर्ने भन्दै उनले ६० वर्ष पहिले र अहिले उद्योगका समस्या उस्तै रहेको दाबी गरे ।

उद्योगहरुको प्रतिस्पर्धी क्षमता पहिचान नहुनु, उद्योग विकासका लागि चाहिने पूर्वाधारको कमी,  लागत घटाउन पहल नगरिनु जस्ता समस्याले उद्योगको समुचित विकास हुन नसकेको उनले बताए । नेपाली उद्योगको उत्पादन लागत घटाउन सरकारले भारतमा बिक्री गरेकै मूल्यमा स्वदेशी उद्योगलाई विद्युत उपलब्ध गराउनुपर्ने पनि गोल्छाको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?