+
+

सुनसरीबाट एमालेका रमेश बस्नेत प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १३:१२

काठमाडौं । सुनसरी क्षेत्र नम्बर को प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरे ।

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे ।  यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो ।

स्थायी शिक्षकको जागिरबाट २०४८ सालमा राजीनामा दिएर बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बस्नेत निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतकासाथ गाविस अध्यक्षमा विजयी भएका थिए ।

बस्नेतले एमालेमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटिको सहसंयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल प्रदेश १ कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?