+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चीनमा क्यानडाका पपस्टार क्रिस वुलाई बलात्कार आरोपमा १३ वर्षको जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १८:०४

काठमाडौं । बेइजिङको एक अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई बलात्कार लगायतका अपराधमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।

बेइजिङको चाओयाङ जिल्ला अदालतले शुक्रबार गरेको अनुसन्धानमा नोभेम्बरदेखि डिसेम्बर २०२० सम्म वु यिफान भनेर चिनिने ती व्यक्तिले तीन महिलालाई बलात्कार गरेको जनाइएको छ ।

अदालतको आधिकारिक वी च्याट एकाउण्टमा पनि जुलाई २०१८ मा यौन कार्यक्रममा संलग्न हुन भीड जम्मा गर्ने अपराधको लागि पनि उनलाई दोषी पाएको थियो।

अदालतले बलात्कार मुद्दामा पीडित तीनै जनाले पनि मदिरा सेवन गरेको र प्रतिरोध गर्न नसक्ने बताएको छ । सुनाइएको १३ वर्षे सजायपछि वुलाई तुरुन्तै देश निकाला समेत गरिने भएको छ ।

‘तथ्य, अपराधको प्रकृति, परिस्थिति र हानिकारक परिणामका आधारमा अदालतले माथिको फैसला गरेको हो,’ विज्ञप्तिमा भनिएको छ ।

गत वर्षको जुलाई ३१ मा एक १८ वर्षीय चिनियाँ विद्यार्थीले आफू र १८ वर्ष मुनिका अन्य केटीहरूलाई आफूसँग यौनसम्पर्क गर्न उक्साएको आरोप लगाएपछि वुलाई बेइजिङमा हिरासतमा लिइएको थियो।

चीनमा बलात्कारमा दोषी पाइए तीनदेखि १० वर्षसम्मको जेल सजाय हुन्छ, यद्यपि असाधारण घटनामा मृत्युसम्मको कडा सजाय हुन सक्छ । वुले सामना गरेको दोस्रो आरोपमा पाँच वर्षसम्मको जेल सजाय हुन्छ ।

वू चीनको ग्वाङ्झाउ र भ्यानकुभर, ब्रिटिश कोलम्बियामा हुर्केका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?