+
+

एमालेका मंगलप्रसाद गुप्ता कपिलवस्तु-३ बाट विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते २०:००

९ मङ्सिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ ।

गुप्ता २०४३ सालमा पञ्चायती व्यवस्था हुँदा पहिलोपटक उम्मेदवारी  दिएका थिए । त्यसपछि २०५६ मा कांग्रेस, २०७० मा तमलोपा, २०७४ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?