
९ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा ब्राजिलियन स्टार फरवार्ड नेइमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् ।
सर्बिया विरुद्ध पहिलो खेलमा घाइते भएका नेइमारले समूह जीमा बाँकी दुई खेल गुमाउने भएका हुन् । नेइमारको एंकलमा चोट लागेपछि उनलाई ७९औं मिनेटमा एन्टोनीले रिप्लेस गरेका थिए ।
चार्लिसनको दुई गोलमा ब्राजिलले सर्बियालाई पहिलो खेलमा २-० ले हराएको थियो । नेइमारसँगै उक्त खेलमा राम्रो प्रदर्शन गरेका डानिलोले पनि बाँकी दुई खेल गुमाउने भएका छन् । जी ग्लो र टीएनटी स्पोर्ट्सले नेइमार र डानिलोले समूह चरणका स्वीट्जरल्याण्ड र क्यामरुन विरुद्धको खेल गुमाउने जनाएको छ ।
ब्राजिलियन क्याम्पमा भने दुवै खेलाडी नकआउट चरणका लागि मैदानमा फर्कने विश्वासमा छ । त्यसका लागि पहिला ब्राजिलले समूह चरण पार गर्नुपर्ने हुन्छ ।
मार्काले भने नेइमारले स्वीट्जरल्याण्ड विरुद्ध हुने खेल गुमाउने र क्यामरुन विरुद्ध खेल खेल्नेमा शंका रहेको जनाएको छ । यदी स्वीट्जरल्याण्ड विरुद्धको खेलपछि नै ब्राजिलले क्यामरुन विरुद्धको खेलमा नेइमारलाई रेस्ट पनि दिन सक्ने मार्काले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4