+
+

चुनाव जितेपछि गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन घरदैलोमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १७:४०

१० मंसिर, गुल्मी । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन पुगेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन विष्ट ८ दिनको कार्यतालिका बनाएर गाउँगाउँमा पुगेका हुन् ।

उनी ८ देखि १५ मंसिरसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँमा रहने गुल्मी–२ को एमाले क्षेत्रीय कमिटीले जनाएको छ । उनले चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता एक–एक गरेर पूरा गर्ने बताएका छन् ।

मुख्य गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकासका क्षेत्रमा चुनावी अभियानका बेला गरेका बचाहरु आफुले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । विष्टको धन्यवाद कार्यक्रम रेसुङ्गा नगरपालिकाको तम्घासबाट सुरु भएर इस्मा गाउँपालिकाको दोहोलीमा समापन हुनेछ ।

विष्टसँगै एमालेबाट निर्वाचित प्रदेश सभा (१) मा निर्वाचित डिल्लीराज भूसाल र प्रदेश सभा (२) मा निर्वाचित दिनेश पन्थी पनि मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका छन् ।

४३ वटा वडा रहेको यो क्षेत्रका ६० टोलमा मतदातालाई धन्यवाद कार्यक्रम राखिएको क्षेत्रीय अध्यक्ष रितबहादुर थापाले बताए । यसै क्रममा आगामी ५ वर्षमा गर्ने कामका लागि सुझाव पनि संकलन गरिने थापाले जानकारी दिए ।

गुल्मी–२ मा विष्ट २८ हजार ४८५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत ल्याएर पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?