+
+

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना अनिश्चितकालका लागि रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते २०:०१

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै  मतगणना रोकिएको हो ।

कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको छ ।

शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।

कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । तर त्यसमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?