+
+

सरिता लामिछानेको जन्मदिनमा फिल्म ‘सरी मम’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १२:२६

काठमाडौं । लागुऔषधविरुद्ध सन्देश दिने फिल्म ‘सरी मम’को टिजर सार्वजनिक भएको छ । अभिनेत्री सरिता लामिछानेको जन्मदिन छेकोमा टिजर सार्वजनिक भएको हो ।दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्ति र परिवारलाई पार्ने असरलाई फिल्ममा समेटिएको छ ।

निर्माता विनोद लामाका अनुसार फिल्म अब मंसिर २९ गते रिलिज हुने भएको छ । पूर्वघोषित मंसिर १५ गतेको मितिमा फिल्म आउने छैन ।

उक्त मितिमा बागमती प्रदेशमा मात्रै फिल्म रिलिज गर्ने तयारी छ । नवीन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिश राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ र युनिसा बजगाईंको अभिनय छ ।

दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारिटीलाई स्थानीय सरकार र क्लबसँग मिलेर प्रदर्शन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?