+
+

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १४:३०

११ मंसिर, वीरगञ्ज । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो ।

शनिबार राति वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज अन्सारी घाइते भएका थिए । उनीहरुको उद्दार गरी वीरगञ्जकै स्पर्स मल्टी पर्पस हस्पटिलमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

लास जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?