+
+

यी हुन् पाँचवटा विश्वकप खेल्ने ६ खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १५:१६

११ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कतारमा भइरहेको फिफा विश्वकपको पहिलो खेलमा घाना विरुद्ध गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

त्यसको दुई दिनपछि अर्जेन्टिनाका लिओनल मेसीले मेक्सिकोविरुद्ध गोलका लागि सहयोग गर्दै पाँच फरक विश्वकपमा असिस्ट गर्ने कीर्तिमान बनाए ।

कतारमा अर्जेन्टिना विरुद्धको खेल खेलेपछि मेक्सिकोका कप्तान आन्द्रे गुरडाडोले रोनाल्डो र मेसीसँगै लगातार पाँच विश्वकप खेल्दै ‘फाइभ विश्वकप क्लब’ मा समावेश भए ।

रोनाल्डो, मेसी र गुरडाडोले सन् २००६ देखि लगातार ५ विश्वकप खेल्दै यसअघि चार खेलाडीले बनाएको कीर्तिमान बराबरी गरेका हुन् । गुरडाडो पाँच विश्वकप खेल्ने तेस्रो मेक्सिकन खेलाडी समेत हुन् भने समग्रमा छैटौं खेलाडी हुन् ।

यअसघि जर्मनीका लोथर म्याथ्युज, मेक्सिकोका एन्टोनियाे कार्भाजल र राफेल मार्क्वेजले पाँच विश्वकप खेलेका थिए ।

रोनाल्डो, मेसी र गुरडाडोले सन् २००६ मा जर्मनीमा भएको विश्वकप देखि निरन्तर खेलिरहेका छन् । ३७ वर्षीय रोनाल्डोले एंगोला विरुद्ध विश्वकपमा डेब्यू गरेका थिए । यस्तै मेसीले सर्बिया एण्ड मोन्टेनेग्रोविरुद्ध तथा गुर्डाडोले उरुग्वेविरुद्ध खेल्दै विश्वकपमा डेब्यू गरेका थिए ।

मेसीले मेक्सिको विरुद्धको पछिल्लो खेलपछि विश्वकपमा कूल २१ खेल खेल्दै ८ गोल गरेका छन् । उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका महान खेलाडी डिएगो अर्मान्डो म्यारोडना समान विश्वकपमा २१ खेल खेल्दै समान ८ गोल नै गरेका छन् । मेसी सर्वाधिक विश्वकप खेल खेल्नेमा संयुक्त रुपमा चौथो स्थानमा छन् ।

यदी अर्जेन्टिना कतार विश्वकपमा फाइनलसम्म पुगे मेसीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्नेछन् । अहिले सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान जर्मनीको लोथार म्याथ्युजको नाममा छ । जर्मनीकै मिरोस्लाभ क्लोजले २४ र इटलीका पाउलो माल्दिनीले २३ खेल खेलेका छन् ।

रोनाल्डोले पनि विश्वकपमा ८ गोल नै गरेका छन् भने उनले १८ खेल खेलेका छन् ।

मेक्सिकोका कप्तान गुरडाडोले विश्वकपमा १३ खेल खेलेका छन् ।

अहिले कूल ६ खेलाडीले लगातार पाँच विश्वकप खेलेका छन् । इटलीका गोलकिपर जियानलुजी बफोन पनि पाँच विश्वकपकपमा सहभागी थिए तर उनले सन् १९९८ को पहिलो विश्वकप भने खेलेनन् । बफोनले २००२ देखि २०१४ सम्म लगातार चार विश्वकप खेलेका थिए ।

यस्तै हाल कतारमा खेलिरहेका मेक्सिकोकै गोलकिपर गुइलेर्मो ओचाओ पनि पाँचौ पटक विश्वकपमा सहभागी भएका हुन् । तर, उनले खेलेको भने यो तेस्रो विश्वकप हो । सन् २००६ र २०१० को विश्वकपमा मेक्सिकेको टिममा भए पनि उनी बेन्चमा थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?