+
+
Shares

एलन मस्कले ल्याउँदैछन् आइफोन भन्दा शक्तिशाली स्मार्टफोन !

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १३:०५

काठमाडौं। ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ ।

मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार कम्पनी हो । तर अब टेस्ला ब्राण्डबाट केवल कार मात्रै होइन स्मार्टफोन पनि बजारमा आउने भएको छ । एलन मस्कले टेस्ला स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको समाचारमा दाबी गरिएको छ ।

एलन मस्क आफैले ट्वीटरमा एक ट्वीटको जवाफ दिने क्रममा उल्लेख गरेको एक सन्दर्भलाई जोडेर टेस्लाले स्मार्टफोन बजारमा ल्याउन लागेको चर्चा चलेको हो ।

भिडियो पडकास्ट द लिज ह्विलर शो का सञ्चालक लिज व्हीलरले एक ट्वीटमा यदि एप्पल र गुगलले आफ्नो एप स्टोरबाट ट्वीटरलाई हटाएमा के एलन मस्कले आफ्नै स्मार्टफोन लञ्च गर्छन् त ? भनेर सोधेका थिए ।

यसो भएमा आधाजसो मुलुकहरुले पक्षपाती तथा जासूसी गर्ने आइफोन वा एन्ड्रोइड फोनको प्रयोग गर्न खुसीसाथ छाड्ने भन्दै उनले मंगल ग्रहमा जाने रकेट बनाउन सक्ने मस्क जस्ता व्यक्तिले आफ्नै स्मार्टफोन बनाउनु कुनै मुस्किल काम नभएको बताएका थिए ।

व्हीलरको ट्वीटमा जवाफ फर्काउँदै मस्कले लेखेका छन्, ‘मलाई निश्चित रुपमा आशा छ कि यस्तो (एप स्टोरबाट ट्वीटर हटाउने) काम हुनेछैन । तर यदि अन्य विकल्प बाँकी रहेनन् भने मैले एक वैकल्पिक फोन बनाउनेछु।’

मस्कको सोही जवाफी ट्वीट पश्चात् मानिसहरुले अब छिटै टेस्लाको स्मार्टफोन बजारमा आउन सक्ने अनुमान गरेका छन् । एजेन्सीको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?