+
+

समानुपातिकमा माओवादी र रास्वपाले कटायो १० लाख, एमालेको २४ लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १७:१३

११ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमालेले २४ लाख मत कटाउँदा नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ ।

आइतबार अपरान्ह ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा एमालेले २४ लाख २९ हजार ५५ र नेपाली कांग्रेसले २३ लाख ९ हजार ६९२ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ८ हजार ७२०, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ९० हजार ९९९ पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ र छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएके छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ३७ हजार २९५ र जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?