+
+

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १३:०९

काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने ।

विवाह समारोहमा अभिनेता  सलिनमान बनिया, कोरियोग्राफर रामजी लामिछाने  लगायत उपस्थित थिए ।

सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?