+
+
Shares

किशोर सिंह राठौरले भने : म पनि प्रधानमन्त्रीका लागि तयार छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १८:५५

१२ मंसिर, बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका छन् ।

नेपालगञ्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा राठौरले भने ‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको विर्सनुहुँदैन । प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ ।’

यो विषयमा पार्टी भित्र आवश्यक परे छलफल हुने राठौरले बताए ।

प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्धन्द्ध अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?