
काठमाडौं । आगामी पुस १५ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को रोमान्टिक गीत ‘फकाउनै जानिनँ’ रिलिज भएको छ ।
भक्तपुर दरबार क्षेत्रसहितका आकर्षक सांस्कृतिक सम्पदा स्थलमा खिचिएको गीतमा फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन् ।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर समावेश छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतको भिडियो डान्सिङ ट्रयाक समेत हो । यो गीतको छायांकन उपासनाको पहिरनको कारणले समेत चर्चा र विवादमा आएको थियो ।
‘डिसेम्बर फल्स’ आर्यन र उपासनाको पहिलो सहकार्य हो । यस वर्षको हिट फिल्म ‘दुई नम्बरी’पछि उपासनाको यो अर्को फिल्म हो । प्रवीण झा निर्देशित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4