+
+

सुकुम्बासी बस्तीमा तमासा गरियो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १५:५०

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको आलोचना गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए ।

‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?’

काठमाडौं महानगरका नगरप्रहरी प्रमुखले सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।

ओलीले उन्मुत्तले कुनै पनि समस्या समाधान नहुने पनि बताए ।

ओलीले फुसका छाप्रा भत्काउन डोजर लगिएको भन्दै  आपत्ति जनाए । भने, ‘छाप्रा भत्काउन पनि डोजर, मान्छे कुल्चिन डोजर ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?