+
+

चुनावी हारको नैतिक जिम्मेवारी लिन्छु : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १७:११

१३ मंसिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् ।

थापा स्वयंम मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लड्दा समेत पराजित भएका थिए । अरु उम्मेदवारले उल्लेख्य मत समेत ल्याउन सकेनन् भने प्रदेश र प्रतिनिधिसभामा समानुपातिकतर्फ पनि सिट पाउने अवस्था छैन ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले चुनावी परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको उसको ठहर छ ।

बैठकमा अध्यक्ष थापाले चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । ‘अध्यक्षले राजीनामा दिनुपर्छ कि भन्ने पनि लागेको हो, तर पार्टीलाई अलपत्र पारेर हिड्यो भन्ने पर्ने भएकाले हामी सबै केही महिना संगठन सुद्रृढीकरणमा लाग्यौं भन्नु भएको छ, सचिवालय बैठकमा सहभागी एक नेता भने ।

एमालेले आफ्नो चिह्न लिएर लड्दा मात्र जित सुनिश्चित गर्न सकिन्छ भनेकाले सूर्य चिह्न लिएर लडेको उनको पष्टीकरण थियो । एमालेकै केही पक्षले मत नदिएको हुनसक्ने बताएका थापाले आफ्नो विषयमा पनि तल्लो स्तरसम्म गलत सन्देश पुर्‍याइएको सुनाए ।

आफूले अपेक्षाअनुसार भोट पाउन नसकेको भन्दै उनले भनेका थिए, ‘५०औं वर्षदेखि जोडिएको छु, जनताले स्नेह गर्छन भन्ने थियो । तर त्यो इमेज ग्रासरुटसम्मै पुर्‍याइएको रहेछ । ’

चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ । उसले भनेका छ, ‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वदर््धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’

राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष डम. विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । जसमा बसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल, राजाराम बर्तौला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?