+
+

धनराज गुरुङलाई दुई हजार मतान्तरले अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १६:२६

१५ मंसिर, काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पदमा अर्यालसँगको मतान्तर दुई हजार पुर्‍याएका छन् ।

बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् ।

४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?