+
+

ब्रोइलर कुखुराको किसान बिक्री मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते २०:२१

१५ मंसिर, काठमाडौं । किसानले मासु विक्रेतालाई बिक्री गर्ने ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य घटेको छ । कुखुराको मासु बिक्री वितरण गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले प्रतिकिलो १० रुपैयाँल मूल्य घटाउने निर्णय गरेको हो ।

यसअघि प्रतिकिलो २२० रुपैयाँ प्रतिकिलो रहेको ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य २१० रुपैयाँ कायम गरिएको संघका सचिव देव गिरीले जानकारी दिए ।

गिरीकाअनुसार मागको तुलनामा उत्पादन धेरै हुँदा मासुको मूल्य घटेको हो । यस्तै भारतीय बजारबाट चोरबाटो हुँदै कुखुरा भित्रिँदा पनि बजार मूल्यमा चाप परेको उनले दाबी गरे ।

‘मासुको मूल्य घट्नुमा २ वटा कारण छन्, पहिलो मागको तुलानामा उत्पादन धेरै भयो, दोस्रो सस्तोमा भारतबाट कुखुरा भित्रियो,’ गिरीले भने ‘विबाह र पार्टीको मौसम भएपनि बजारमा उत्साह छैन ।’

संघले तोकेको कोल्ड स्टोर मूल्यअनुसार अब काठमाडौं उपत्यकामा तयारी बोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ३०० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?