+
+

भक्तपुरमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते ९:००

१६ मंसिर, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । भुवन श्रेष्ठको साढे चार तले पक्की घरबाट खसेर उनका छोरा १७ वर्षीय भुमिल लाल श्रेष्ठको मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?