+
+

अपराजित रहँदै सुदूरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १५:१४

१६ मंसिर, काठमाडौं । बागमती प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै सुदुरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ ।

बागमतीले दिएको १२५ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको अविजित पारी खेले । उनले ४४ बल खेल्दै ६ चौका प्रहार गरे । ओपनरद्वय दीपक बोहोरा र दीपक बोहोराले क्रमशः १७ र १० रन बनाए । मिलन बोहोराले ३२ बलमा ३३ रन बनाए ।
गजेन्द्र बोहोराले ९ बलमा १९ रनको अविजित पारी खेले । बागमतीका लागि रोशन विकले सर्वाधिक २ विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती प्रदेश २८.४ ओभरमा १२४ बनाउँदै अलआउट भएको हो ।

बागमतीका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रन बनाए । उनले ५० बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर सक्षम बास्ताकोटीले ८२ बल खेल्दै ५ चौकाको साहयतामा ३३ रन बनाए । रोशन विकले ३६ रनको अविजित पारी खेले । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि आकाश चन्दले ५.४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

अर्का बलर हेमन्त धामीले ५ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । नरेन साउदले २ विकेट लिए ।

सुदूर ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भए पनि रन रेटका आधारमा तेस्रो स्थानमा छ । लुम्बिनीको नेट रनरेट ०.९५० र बागमतीको ०.६८८ छ

। लुम्बिनीले अन्तिम खेल मधेशप्रदेशविरुद्ध त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । लुम्बिनी उक्त खेलमा विजयी हुँदा सुदुरपश्चिमसँग फाइनल खेल्नेछ । लुम्बिनी पराजित भएमा बागमती फाइनलमा पुग्नेछ । लुम्बिनी झिनो अन्तरको हारले भने फाइनलमा पुग्न सक्ने समिकरण छ । ठूलो अन्तरको हार बेहोरेको खण्डमा बागमती नै फाइनल पुग्नेछ । फाइनल खेल मंसिर १९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?