+
+

नेपाल र नामिबियाले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते २०:५६

काठमाडौं । वर्षाले खेल प्रभावित बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको छ ।

नामिबियाको विन्डहोकस्थित युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउँदै नामिबियाले ब्याटिङ सुरु गर्दा वर्षा भएको थियो । त्यसपछि खेल प्रभावित बन्यो र फेरि सुरु हुन नसक्दा नतिजा आएन ।

वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल नतिजाविहीन सकिएको हो । खेल रोकिनुअघि नामिबियाले ४ बल खेल्दै ४ रन मात्र बनाएको थियो । खेलको नतिजा नआएपछि नेपाल र नामिबिया दुवैले १-१ अंक पाएका छन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकका बावजुत पनि अन्त्यतिर राम्रो ब्याटिङ गर्न नसक्दा एक बल अगाडि १९७ रनमा अलआउट भएको थियो । नेपालका लागि ओडिआईमा छैटौं अर्धशतक बनाउने क्रममा ज्ञानेन्द्र मल्लले ७५ रन बनाए । ९४ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । आरिफ शेखले २३, आसिफ शेखले २०, अर्जुन साउद र गुल्शन झाले समान १८ रन बनाए ।

कुशल भुर्तेलले १३, सोमपाल कामी र कप्तान रोहित पौडेल समान १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट भए । नामिबियाका तान्गेनी लुंगामेनीले ३ तथा कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।

२८ खेलबाट नामिबिया ३३ अंकसहित चौथो स्थानमा छ भने २१ खेलबाट १८ अंक जोडेको नेपाल छैटौं स्थानमै छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागि शृंखलामा नेपालले आफ्नो दोस्रो खेल आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?