+
+

प्रधानमन्त्री को बन्छ, अहिल्यै बोल्न हतार हुन्छ : चन्द्र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १३:०१

१७ मंसिर,बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री को बन्छ भन्नेबारे अहिले नै बोल्नु हतार हुने टिप्पणी गरेका छन् । शनिबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको तयारी गरेकोबारे पत्रकारको प्रश्नमा भण्डारीले यस्तो बताएका हुन् ।

‘संसदीय व्यवस्थामा सांसदहरुले प्रधानमन्त्री बनाउने हो, कसैले इच्छा राख्दैमा बनिहाल्ने होइन’–गुल्मी १ बाट नवनिर्वाचित सांसद भण्डारीले भने, ‘पार्टीभित्र सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रचण्ड र माधव नेपालसंग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, अहिल्यै बोल्न हतार हुन्छ ।’

नेता भण्डारीले सरकारमा को जाने भन्ने भन्दा कस्तो सरकार बनाउने भन्नेमा ध्यान जानुपर्ने बताए । महाधिवेशनपछि पार्टीमा आफ्नो विचार समुहले पुस्तान्तरणको सवाल उठाएको उल्लेख गर्दै पार्टीभित्र छलफल गरेर प्रधानमन्त्रीको उम्मेदवारबारे टुंगो लाग्ने बताए । ‘उमेर भन्दा विचारले नेतृत्व गर्ने हो’ भण्डारीले भने ।

उनले मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि सबै दल एक ठाउंमा आउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?