+
+

निर्वाचन परिणाम सुखद संकेत होइन : अध्यक्ष तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १३:१९

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् ।

स्थापित दलहरु माथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न वौद्धिक समुदायलाई आग्रह समेत गरे ।

‘लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरु पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त ? …पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, कांग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि ?’

उनले अहिले दलहरुको भविष्यप्रति घण्टी बजेको पनि टिप्पणी गरे । सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि अध्यक्ष तिमिल्सिनाले धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाइ गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?