+
+

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ मंसिर १८ गते ९:४२

१८ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो । सेनाले निष्क्रिय पारेको शंकास्पद
वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।

हेर्नुहोस् शंकास्पद वस्तु निष्कृय पार्दाका तस्वीर–

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?