+
+

नेशनल लाइफको १५ प्रतिशत बोनस पारित, ४ अर्ब ६४ करोड पुग्यो चुक्ता पूँजी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १६:०५

काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ ।  १८ मंसिर आइतबार सम्पन्न कम्पनीको ३४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव  गरेको लाभांश पारित गरेको हो ।

कम्पनीको ३४औं वार्षिक साधारण सभाले आव २०७७/७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा कर प्रयोजनका लागि  लाभांश पारित गरेको हो । नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ पुगेको छ ।

आव २०७७/७८ मा कम्पनीको सबै वित्तीय सूचांकहरु सकारात्मक नै रहेको छन् । कम्पनीको कुल बीमा शुल्क ३५.१५ प्रतिशतले वृद्धि भई १२ अर्ब ५२ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई ४२ अर्ब ४ करोड पुगेको । कुल लगानी २३.२० प्रतिशतले वृद्धि भई ३९ अर्ब २४ लाख ७० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत रहेको जनाएको छ ।

कम्पनीको आव २०७७/७८ को बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त ‘फ्युचर बोनस प्राभिजनिङ’ गरेर बीमितहरुलाई दिइ आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?