+
+

३० वर्षको भयो एसएमएस प्रविधि, यो हो संसारको पहिलो एसएमएस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १७:०७

१८ मंसिर, काठमाडौं । प्रविधिको दुनियामा डिसेम्बर ३ एक महत्वपूर्ण दिन हो । किनकी ३० वर्ष अघि यसैदिन मोबाइल फोनमा पहिलो टेक्स्ट मेसेज पठाइएको थियो ।

बीबीसीको एक रिपोर्ट अनुसार यो लोकप्रिय सुविधाको सुरुवात बेलायतको बर्कशायरस्थित भोडाफोन कम्पनीका एकजना इन्जिनियरले गरेका थिए । उनैले सन् १९९२ को डिसेम्बर ३ मा संसारको पहिलो मोबाइल एसएमएस पठाएका हुन् ।

भोडाफोनमा सफ्टवेयर इन्जिनियरका रुपमा कार्यरत निल पपवर्थले कम्पनीका प्रमुख रिचार्ड जर्भिसलाई पहिलो एसएमएस पठाएका थिए । वास्तवमा जर्भिस एक क्रिसमस पार्टीमा थिए त्यसैले पपवर्थलाई उक्त एसएमएसको जवाफ प्राप्त भएन । पपवर्थले पठाएको उक्त एसएमएस परीक्षणको रुपमा थियो र Merry Christmas लेखिएको थियो ।

जर्भिसले अर्बिटेल ९०१ मोडेलको फोन चलाउँथे र त्यसको तौल २.१ किलोग्राम थियो ।

पपवर्थले भनेका छन् : सन् १९९२ मा मलाई थाहा थिएन कि भविष्यमा टेक्स्ट मेसेज यतिधेरै लोकप्रिय हुनेछ र यसले लाखौँ मानिसहरुले प्रयोग गर्ने इमोजी तथा मेसेजिङ एपलाई जन्म दिनेछ । मैले हालै आफ्ना सन्तानहरुलाई आफुले पहिलो एसएमएस पठाएको हुँ भनेर बताएँ । पछाडि फर्किएर हेर्दा यो प्रष्ट हुन्छ कि मैले जुन क्रिसमस सन्देश पठाएको थिएँ त्यो मोबाइल इतिहासको एक महत्वपूर्ण क्षण थियो ।

एसएमएस अधिकतम १ सय ८० अक्षरसम्मको हुन्छ । यो अवधारणाको जन्म चाहीँ सन् १९८० को दशकको सुरुवातमै भएको थियो । तर यसलाई मोबाइल डिभाइस सम्म पूराउनका लागि झण्डै १० वर्ष लाग्यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?