+
+

दोलखामा माओवादी उम्मेदवार कार्की १ हजार बढी मतअन्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ८:००

१९ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् ।

माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् । भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा शिवाकोटीले ३९६ मत पाएका थिए । यस्तै लामाबगरबाट कार्कीले २७५ र शिवाकोटीले २६० मत पाएका छन् ।

अब शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना जारी छ ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रदेश सभामा काफ्ले र केसी निर्वाचित 

प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?