+
+

गढवा गाउँपालिकामा ‘उज्ज्यालो अभियान’ सुरु

मोतिबिन्दुको निःशुल्क शल्यक्रिया र चस्मा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ९:२६

१९ मंसिर, दाङ । दाङको गढवा गाउँपालिकाले ‘उज्ज्यालो अभियान’ सुरुवात गरेको छ । यो अभियान अन्तर्गत पालिकाभर आँखा जाँच तथा मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम जारी छ ।

गढवा गाउँपालिकासँग विगतमा भएको सहमति अनुसार नेपाल नेत्र ज्योति संघ र लमही आँखा अस्पतालबाट आँखा शिविर सञ्चालन गरी निःशुल्क आँखा जाँच, निःशुल्क मोतिबिन्दुको शल्यक्रिया र निःशुल्क चस्मा वितरण सुरु गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

यो अभियान अन्तर्गत गाउँपालिकाका कूल आठ वटा वडाहरुमध्ये चार वटा वडामा निःशुल्क आँखा शिविर सञ्चालन भैसकेको छ ।

अहिलेसम्म वडा नम्बर ४ मा ४१० जना, वडा नम्बर ५ मा ३३० जना, वडा नम्बर ६ मा ४०२ जना, वडा नम्बर ७ मा २९८ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । यसैगरी वडा नम्बर ४ मा १२० जनालाई निःशुल्क चस्मा वितरण र ९२ जनाको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ । वडा नम्बर ५ मा १७० जनालाई निःशुल्क चस्मा वितरण र ५२ जना मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया भैसकेको छ ।

वडा नम्बर ६ मा १८३ जना बिरामीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ४८ जना मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया भैसकेको छ । वडा नम्बर ७ मा १ सय ५६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने मोतिबिन्दु भएका ३४ जनाको निःशुल्क शल्यक्रिया भैसकेको गढवा गाउँपालिकाले जनाएको छ । शल्यक्रिया गर्ने बिरामीहरुलाई पालैपालो अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था समेत मिलाइएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

पालिकाले सार्वजनिक गरेको तालिका बमोजिम यही मंसिर २४ गते वडा नम्बर ३ को रात्री प्रावि गोबरडिहामा, मंसिर २६ गते वडा नम्बर २ को रात्री प्रावि पचाहामा, पुस २ गते वडा नम्बर १ को कार्यालय परिसर मलमलामा र पुस ९ गते वडा नम्बर ८ कोइलाबासको आँखा उपचार केन्द्र कोइलाबासमा निःशुल्क आँखा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?