+
+

फेसबुक प्रोफाइल लक-अनलक कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ११:४४

काठमाडौं । के तपाईं आफ्नो फेसबुक अकाउन्टमा धेरै गोप्यता चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईं आफ्नो फेसबुक प्रोफाइल लक गरेर आफ्नो फेसबुक अकाउन्टलाई गोप्य तरिकाले राख्न सक्नुहुन्छ । तपाईंको प्रोफाइल लक गर्नाले फेसबुकमा साथी नरहेका मानिसहरुले तपाईंको फेसबुक प्रोफाइलको सीमित हिस्सा मात्र देख्न पाउँछन् । तपाईंले फेसबुकमा गर्ने फोटो तथा पोस्ट, प्रोफाइल पिक्चर तथा कभर फोटो, स्टोरी तथा नयाँ पोस्टहरु केबल फेसबुकमा साथी रहेकाले मात्र देख्न सक्दछन् । तपाईंले आफ्नो प्रोफाइल लक गरेसँगै तपाईंले गर्ने पब्लिक पोस्ट समेत सार्वजनिक हुँदैनन् र केबल साथीहरुले मात्र देख्दछन् ।

यदि तपाईं आफ्नो फेसबुक प्रोफाइल लक गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइल एप तथा ब्राउजरबाट गर्न सक्नुहुन्छ । तर वास्तवमा फेसबुकको डेस्कटप भर्सनमा चाहिँ प्रोफाइल लक गर्ने फिचर उपलब्ध छैन र केवल एन्ड्रोइड एपमा मात्र उपलब्ध छ । त्यसैले यसका लागि एउटा ट्रिक अपनाउनु पर्दछ, आफ्नो फेसबुक प्रोफाइल लक गर्नका लागि ।

मोबाइल एपबाट फेसबुक प्रोफाइल कसरी लक गर्ने ?

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् र आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस्
  • Add to Story को अगाडि तीनवटा बिन्दु (थोप्ला) भएको आइकनमा ट्याप गर्नुहोस्
  • त्यसपछि खुल्ने पेजमा तपाईंले Lock Your Profile अप्सनले कसरी काम गर्दछ भन्ने जानकारी पाउनुहुन्छ । सोही अप्सनमा ट्याप गर्नुहोस्
  • त्यसपछि You Locked Your Profile लेखेको पप अप देखा पर्दछ । त्यहाँ रहेको OK मा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको फेसबुक प्रोफाइल लक्ड हुन्छ ।

डेस्कटपबाट फेसबुक प्रोफाइल कसरी लक गर्ने ?

वास्तवमा फेसबुक प्रोफाइललाई डेस्कटप ब्राउजरबाट लक गर्ने सिधा तरिका छैन । यसका लागि एउटा ट्रिक अबलम्बन गर्नुपर्दछ ।

  • ब्राउजर खोलेर https://www.facebook.com मा आफ्नो फेसबुक अकाउन्ट लगइन गर्नुहोस्
  • आफ्नो प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् र URL मा www लाई हटाएर m लेख्नुहोस् । यसो गर्दा m.facebook.com/yourprofilename हुन्छ र यसले तपाईंलाई डेस्कटप ब्राउजरमै फेसबुकको मोबाइल भर्सनमा लैजान्छ ।
  • त्यहाँ Edit Profile अप्सनको छेउँमै तीनवटा बिन्दुयुक्त मेन्यु देखिन्छ । उक्त मेन्यूमा Lock Profile अप्सन पनि देखिनेछ । अब सो अप्सनमा क्लिक गर्नुहोस् ।
  • एन्ड्रोइड भर्सनको जस्तै त्यहाँ तपाईंले Lock Your Profile फिचरले कसरी काम गर्दछ भन्ने जानकारी देख्नुहुनेछ । उक्त पेजमा सबैभन्दा तल रहेको Lock Your Profile अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको फेसबुक प्रोफाइल लक्ड हुन्छ ।

आइफोनमा फेसबुक प्रोफाइल कसरी लक गर्ने ?

वास्तवमा एन्ड्रोइड एपमा जस्तो फेसबुक प्रोफाइल लक गर्ने सुविधा आइओएसमा छैन । त्यसैले आइफोन प्रयोगकर्ताले पनि फेसबुक प्रोफाइल लक गर्नका लागि माथि उल्लेख गरिएजस्तै ब्राउजरको घुमाउरो विधि अपनाउनु पर्दछ ।

फेसबुक प्रोफाइल अनलक कसरी गर्ने ?

यदि तपाईं लक्ड भएको आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न चाहनुहुन्छ भने मोबाइल र डेस्कटप दुबैमा एउटै उपाय हुन्छ । तपाईंले Lock Profile को साटो Unlock Profile अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरी अघिल्लो स्क्रिनमा Unlock मा थिच्नुपर्दछ । त्यहाँ आफ्नो प्रोफाइल अनलक गर्ने तरिकाका बारेमा संक्षिप्त जानकारी देख्नुहुनेछ र सबैभन्दा तल आफ्नो प्रोफाइल अनलक गर्ने अप्सन देखिन्छ । त्यसमा क्लिक गरेर तपाईंले आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?