+
+

मितेरी डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश वितरण प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १२:०८

१९ मंसिर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । १९ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजारको १२.३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?