+
+

सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १२:३०

१९ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?