+
+

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १५:२२

१९ मंसिर, बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?