+
+

इंग्लिस समर्थक आशाका केन्द्र ह्यारी केन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १७:४४

१९ मंसिर, काठमाडौं । इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनले यस विश्वकपमा सेनेगलसँगको अन्तिम १६ को खेलमा पहिलो गोल गरे । जारी विश्वकपमा ३ वटा असिस्ट गरिसकेका उनको गोलसँगै इंग्ल्याण्ड ३–० ले विजयी भयो र क्वार्टरफाइनलमा पुग्यो ।

यो गोलसँगै केनको इंग्ल्यान्डका लागि ५२ अन्तर्राष्ट्रिय गोल पूरा भएको छ । हालसम्म इंग्ल्यान्डका लागि सर्वाधिक गोलकर्ता बनेका वायन रोनीको रेकर्ड पछ्याउने उनी हुनेछन् । शनिबार हुने फ्रान्ससँगको खेलमा उनले रोनीको रेकर्ड भेट्ने धेरैले दाबी गरेका छन् ।

टोटेनह्यामका स्ट्राइकर केनले हालसम्म विश्वकपमा ११ गोल गरेका छन् । विश्वकपमा गोल गर्ने उनी आठौं खेलाडी बने । उनी अघि मार्कस रेशफेर्ड, बुकायो साका, जुड बेलिङ्हम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस, फिल फोडेन र जोर्डन हेन्डसनले गोल गरिसकेका छन् ।

केनको गोलमा प्रशिक्षक साउथगेट भन्छन्, ‘उनको मुभ उत्कृष्ट थियो र त्यस्तै उत्कृष्ट गोल पनि थियो ।’

इंग्ल्यान्डले खेलेको निर्धक्कताको खेल

सन् १९६६ मा एक पटक मात्र विश्वकप जितेको इङ्ल्यान्ड हर पटकको विश्वकपमा केही फरक अन्दाजको साथमा प्रस्तुत हुन्छ । इंग्ल्यान्डका प्रशिक्षक साउथ गेट एक उत्कृष्ट प्रशिक्षक हुन् ।

उनले कुन खेलमा कुन खेलाडीलाई कसरी खेलाउने भनेर रणनीतिक योजना बनाउँछन् । सुरुमा पजायन्ट भनिएका उनलाई सबै राष्ट्रका प्रशिक्षकले होच्याउने गर्थे, तर उनको रणनीतिक क्षमताले उनले इंग्ल्यान्डका खेलाडीको खेल क्षमता निकै राम्रो बनाएका छन् ।

– रोयटर्सको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?