+
+

रुसी एयरफिल्डमा विस्फोट हुँदा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते २०:०२

१९ मंसिर, मस्को । पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।

एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

अहिलेसम्म यी विष्फोटको कारण खुल्न सकेको छैन । दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौं किलोमिटर टाढा रहेको बीबीसीले उल्लेख गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए ।

सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको सेराटोभका क्षेत्रीय गभर्नरले बताएका छन् ।

स्याटेलाइटबाट खिचिएको तस्विरमा लडाकु विमान एङ्गल्स एयरबेसमा उभिएको देख्न सकिन्छ । अन्य तस्विरहरूले यो एयरबेसमा सैन्य विमानहरूको संख्यामा केही वृद्धि भएको देखाउँछ।

युक्रेनले यसबारे कुनै आधिकारिक टिप्पणी गरिनसकेको समाचार संस्थाहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?