+
+

घट्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १२:०१

२० मंसिर, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९९ हजार ३ सय, तेजावी सुनका मूल्य ९८ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?