+
+

साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ माघ २० मा, मुम्बईको स्टुडियोमा फिल्म सम्पादन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १७:०२

काठमाडौं । जितु नेपाल, साम्राज्ञी शाह र विजय बरालको अभिनय रहेको सामाजिक-कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ । रिलिज हुन दुई महिना बाँकी रहँदा निर्माता चाहिं मुम्बईमा फिल्मको प्राविधिक सम्पादन गरिरहेका छन् । अभिनेता नेपाल र निर्देशक कपिल रिजाल पनि मुम्बईमा छन् ।

साम्राज्ञीले पहिलोपटक कमेडी जनरामा हात हालेकी छन्, जहाँ उनको भूमिका यसपटक गाउँले युवतीको चरित्रमा हुनेछ । जितु एक्लै प्रमुख भूमिकामा प्रस्तुत हुँदैछन् ।

मुम्बईको प्राइम फोकस स्टुडियोमा फिल्मको पोस्ट प्रोडक्सन भइरहेको निर्देशक तथा निर्माता रिजालले जानकारी दिए । बेलायतमा रहेर दन्त चिकित्सा पेसा गरिरहेका रिजाल यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।

गीतकार तथा चिकित्सक भोला रिजालका छोरा कपिल फिल्मले दर्शकको मन जित्ने बताउँछन् । ‘नेपालमा पर्याप्त स्टुडियो नभएकाले मुम्बईको अत्याधुनिक स्टुडियोमा हामी काम गर्दैछौ,ं’ उनले भने ।

‘मेरो हजुरआमा भन्नुहुन्थ्यो- गरेपछि राम्रैसँग गर्नुपर्छ, बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन भन्दा प्राइम फोकसको नाम अगाडि आयो । ब्रम्हास्त्र जस्तो ६ सय करोडको फिल्म बनाएको स्टुडियो भनेपछि प्राइम फोकसमै आउने निधो गरियो ।’

सम्पादनको लागि मुम्बई पुगेका अभिनेता नेपाल त्यहाँको स्टुडियोले नेपाली फिल्मलाई दिएको माया र सम्मानको कदर गर्छन् । उनले भने, ‘उहाँहरुले बलिउडलाई जस्तै हामीलाई पनि सम्मान दिनुभएको छ ।’

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिंघम’जस्ता बलिउडका फिल्ममा ध्वनि मिश्रण गरेका सुवीर दासले नेपाली फिल्म ‘ह्यारी कि प्यारी’मा काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

साउण्ड मिक्सिङ गर्न पाउदा एउटा माइलस्टोन पार गरेको बताउँछन् ।  पाश्र्वध्वनि संगीतमा काम गरिरहेका बापीले ‘ह्यारीकी प्यारी’ मनोरञ्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए । ‘उहाँहरुले भावनात्मक फिल्म बनाउनुभएको छ । जसमा नेपालको ग्रामीण भेगलाई मज्जाले उतार्नु भएको छ,’ बापीले भने ।

पर्वत जिल्लामा छायांकन गरिएको यो फिल्मको प्रदर्शन मिति चुनावका कारण यसअघि सार्वजनिक गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?