+
+
Shares

निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १८:१६

२० मंसिर, काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनि गर्ने भएको छ ।

आयोगको अनुसार मावि तहमा नाम निकाल्न सफल भएका शिक्षकहरु निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकोले निमाविमा सिफारिस भईसकेपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा भन्छन्, ‘मावि तहमा सिफारिस भईसकेकाले निमावि तहमा पनि नाम निकालेको पाइयो । यसो हुँदा कोटा ल्याप्स हुने भएकोले निमाविको अन्र्तवार्ताबाट सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।’

निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकोले यस्तो गरिएको प्रवक्ता मरहठ्ठाले बताए ।

आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदको लागि मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म अन्तर्वार्ता तोकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?