+
+

सिद्धार्थ बैंकका सेयर धनीलाई १३.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते ११:४१

२१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । २० मंसिर मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको १२.५० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?