
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१ स्थित जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माण शिलान्यास कार्यक्रम गरेको छ ।
१७ कात्तिक २०८० मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवनमध्ये एउटा पुनर्निर्माण कार्य बैंकको सहयोगमा हुन लागेको हो । कुल १ सय ७५ विद्यार्थी रहेको विद्यालयमा बालकक्षादेखि कक्षा ८ सम्मको पठनपाठन भइरहेको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नम्बर १ का अध्यक्ष टेकबहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघ अध्यक्ष तुताराम खड्का, विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्य तथा अभिभावकको उपस्थिति थियो ।
बैंकले सधैं बालबालिकाको गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4