+
+
Shares

आईपीओ निष्कासनका लागि भगवती हाइड्रोपावर डेभलपमेन्टले दियो बोर्डमा आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते ११:३७

२१ मंसिर, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन आवेदन दिएको छ ।

कम्पनीले २० मंसिर बिहीबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ प्रतिकित्तामा सार्वजनिक निष्कासन गर्ने स्वीकृति माग गरेको हो ।

कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँमा १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँको १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउँदै धितोपत्र बोर्डको स्वीकृति माग गरेको हो । आयोजना प्रभावित जिल्लाका स्थानीय र सर्वसाधारण्मा उक्त सेयर जारी गर्न कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेर प्रक्रिया अगाडि बढाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?