+
+

शाहरुख खानका छोराले घोषणा गरे फिल्म, भन्छन्- छायांकनमा जान अधीर छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १६:१७

काठमाडौं । जसलाई शाहरुख खानका छोरा आर्यन फिल्म उद्योगमा सक्रिय भएर काम गरुन् भन्ने इच्छा थियो, उनीहरुको लागि खुसीको खबर छ । भनिएअनुसार आर्यन अब फिल्म निर्देशनका लागि तयार छन् । उनी स्वयंले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै यसबारे जानकारी दिएका छन् ।

यो प्रोजेक्टको माध्यममार्फत आर्यन निर्देशकीय यात्रा सुरु गर्न चाहन्छन् । उक्त पोष्टमा उल्लेख भएअनुसार आर्यनले फिल्म लेखको काम लगभग सकेका छन् र चाँडै उनी रेड चिल्लिज् इन्टरटेनमेन्टको ब्यानरबाट फिल्म छायांकन सुरु गर्दैछन् ।

मंगलबार साँझ इन्स्टाग्राममा पोष्ट सेयर गर्दै शाहरुख खानका जेठा छोराले डेब्यु प्रोजेक्ट घोषणा गरेका हुन् । उनी लेख्छन्, ‘लेख्ने काम सकिएको छ । सुटिङ सुरु हुने कुरालाई लिएर उत्साहित छु ।’ तर उक्त पोष्टमा आर्यनले उल्लेख गरेका छैनन् कि उनी फिचर फिल्म वा वेब सिरिज कुन बनाउँदैछन् ।

आर्यनका लागि यो करिअरको पहिलो प्रोजेक्ट हुनेछ । एसआरके अर्थात् शाहरुखका फ्यान पनि आर्यनको घोषणालाई लिएर उत्साहित छन् । फ्यानले पहिलो प्रोजेक्टका लागि आर्यनलाई शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?