+

नामिबियासँगको खेल जित्न नेपालले पायो २७६ रनको लक्ष्य

२०७९ मंसिर  २१ गते १७:२५ २०७९ मंसिर २१ गते १७:२५
नामिबियासँगको खेल जित्न नेपालले पायो २७६ रनको लक्ष्य

२१ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २७६ रनको लक्ष्य पाएको छ ।

टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनको ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे ।

ओपनरद्वय लो–हान्ड्री लोरेन्स र डिभान ला कक क्रमशः १४ र १८ रनमा आउट भए । तेस्रो विकेटका लागि कप्तान गेरहार्ड र माइकलले ९९ रनको साझेदारी गरे । कप्तान गेरहार्ड इरामुसले ७६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

तेस्रो क्रममा आएका माइकल र पाँचौ ब्याटर जान निकोलले ९० रनको साझेदारी गरे । जान ३२ बल खेल्दै ४० रन बनाउँदै ललित राजवंशीको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच भए । छैटौं ब्याटर जे जे स्मिथ ५ बल खेल्दै २ रनमा कुशल भुर्तेलको हातबाट क्याच भए ।

जेन ग्रिन १० बलमा ९ रन बनाई ललित राजवंशीको बलमा आशिफ शेखबाट क्याच भए ।

नेपालका लागि स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले यस प्रतियोगितामा २ विकेट लिए । दोस्रो विकेटसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । सागर ढकालले १ विकेट लिए ।

नेपाल भर्सेस नामिबिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय