+
+

कपिलवस्तुमा वडाध्‍यक्षमाथि कुटपिट गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १७:०३

२१ मंसिर, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष धमेन्द्र पुरीले स्थानीय दुई जनालाई कुटपिट गरेको आरोप लागेको छ ।

अध्यक्ष पुरीले मंगलबार साँझ ८ बजे वडा नम्बर १ पचेहरी गाँउका रामप्रकाश ठाकुर र उनका छोरा पवन कुमार ठाकुरलाई कुटपिट गरेको पीडित ठाकुरले बताए ।

खेतमा धान काट्दै गर्दा अध्यक्ष पुरीका समर्थकले आगो ताप्न पराल लिएपछि विवाद सुरु भएको थियो । विवाद मिलाउने क्रममा अध्यक्ष पुरीले ३० जना मान्छे बोलाएर कुटपिट गरेका हुन् । कुटपिटबाट उनको निधार र टाउँकोमा चोट लागेको छ ।

पीडित ठाकुरले इलाका प्रहरी कार्यालय महाराजगञ्जमा वडाध्‍यक्षविरुद्ध जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?